दफा ६२
बीमाबाट प्राप्त रकम
(१) कुनै व्यक्तिको आयको गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिले बीमाबाट प्राप्त गरेको रकमको सम्बन्धमा दफा ३१ मा उल्लेख भए बमोजिम हुनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि लगानी बीमाबाट प्राप्त लाभ सम्बन्धमा देहाय बमोजिम हुनेछः-

(क) बासिन्दा व्यक्तिले त्यस्तो रकम भुक्तानी गरेको अवस्थामा बीमित उपर अन्तिम रुपमा हुने कर कट्टीद्वारा कर लगाइनेछ, र

(ख) गैरबासिन्दा व्यक्तिले त्यस्तो रकम भुक्तानी गरेको अवस्थामा बीमितको आयमा सो रकम समावेश गरी गणना गर्नु पर्नेछ ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “लगानी बीमाबाट प्राप्त लाभ” भन्नाले सो बीमाको सम्बन्धमा कुनै व्यक्तिले लगानी बीमा बापत प्राप्त गरेको भुक्तानी सो व्यक्तिले तिरेको प्रिमियमभन्दा बढी भएजतिको रकमलाई सम्झनु पर्छ ।